विश्व

कङ्गोमा भारी वर्षाका कारण तीन सय जनाको मृत्यु

इकागज |
पुस २१, २०८० शनिबार १८:२७ बजे

किन्सासा- प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा तीन सय जनाको मृत्यु भएको एक मन्त्रीले शुक्रबार बताएका छन् ।  

सामाजिक मामिला, मानवीय कार्य र राष्ट्रिय ऐक्यबद्धता मन्त्री मुटिङ्गा मुतुइशायीले विपद् कम्तीमा ४३ हजार सात सय ५० घरहरू भत्किएको बताएका छन् । 


उनले सरसफाइ र सफा पानीको अभावमा महामारीको जोखिमबारे पनि चेतावनी दिए ।

मन्त्रीले कङ्गोली अधिकारीहरूलाई मानवीय टोलीहरूलाई सहयोग गर्न अन्तर्राष्ट्रिय एकताका लागि आह्वान गर्दै पीडितहरूलाई मद्दत गर्न तुरुन्तै कोष जारी गर्न आग्रह गरे । रासस/सिन्ह्वा


Author

थप समाचार
x