ब्राजिलमा बस र ट्रक दुर्घटना हुँदा २५ जनाको मृत्यु
ब्रासिलिया- उत्तरपूर्वी ब्राजिलको बाहिया राज्यमा पर्यटक बस र ट्रक ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको राज्यको अग्नि नियन्त्रकहरूले सोमबार जानकारी दिएको छ ।
बाहिया राज्यको राजधानी साल्भाडोरबाट करिब दुई सय ५० किलोमिटर टाढा गेभियाओ नगरपालिका नजिकै ‘सैन्य अग्नि नियन्त्रकहरूले २५ जनाको मृत्यु भएको’ जानकारी दिएका हुन् ।
ब्राजिलियाली प्रेस रिपोर्टअनुसार आइतबार राति भएको दुर्घटनामा पाँच जना घाइते भएका छन् । दुर्घटनाको कारण अहिलेसम्म थाहा भएको छैन । अग्नि नियन्त्रकहरूले पीडितहरूको शव पहिचानका लागि प्रहरीलाई जिम्मा दिएका छन् ।
दुर्घटना भएको स्थान नजिकैको सहर ज्याकोबिनाका मेयर कार्यालयले सोमबार तीन दिनको आधिकारिक शोक घोषणा गरेको छ र पीडितहरूका लागि ‘सामूहिक शोक’ को तयारी गरिरहेको छ । एएफपी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया