विश्व

सांसद जितेपछि बंगलादेश क्रिकेट टिमका कप्तान शाकिबले हाने फ्‍यानलाई थप्पड

इकागज |
पुस २४, २०८० मंगलबार ७:४४ बजे

फाइल तस्बिर

ढाका- बंगलादेशका स्टार क्रिकेटर तथा कप्तान शाकिब अल हसनले पनि चुनावी मैदानमा जितको झण्डा फहराएका छन् ।

बंगलादेशमा चुनाव जितेलगत्तै सामाजिक सञ्जालमा उनको एउटा भिडियो भाइरल भयो, जसमा उनले आफ्ना एक फ्यानलाई थप्पड हानेका थिए ।


भनिएको छ कि शाकिब अल हसन आफ्नो निर्वाचन क्षेत्रमा गएका थिए, जहाँ उनका सयौं फ्यानले उनलाई चारैतिरबाट घेरेका थिए । यसपछि निलो रंगको सर्ट लगाएका एक व्यक्तिले उनलाई पछाडिबाट समातेका थिए, त्यसपछि शाकिब अल हसन रिसाए र पछाडि फर्किए र कडा थप्पड हाने । यसपछि सबै फ्यान शान्त भए ।

शाकिब अल हसन जो देशकै ठूलो व्यक्तित्व हुन् । अहिले चुनाव जितेपछि धेरै फ्यानले उनलाई फोटो खिच्न वा हात मिलाउन घेराउ गरेका छन् । तर एक जनाले पछाडिबाट उनको हात समात्ने प्रयास गर्दा क्रिकेटरले आफ्नो रिस गुमाए र उनको अनुहारमा थप्पड हाने । तर, उनको नाम विवादमा परेको यो पहिलो पटक भने होइन । यसअघि उनले क्रिकेट मैदानमा अम्पायरसँग झगडा गरेका थिए र गत विश्वकपमा श्रीलंकाका क्रिकेटर एन्जेलो म्याथ्युजविरुद्ध टाइम आउटका लागि अपिल गरेका थिए ।

बंगलादेश क्रिकेट टिमका पूर्व कप्तान शाकिब अल हसनले यस पटकको राष्ट्रिय चुनावमा भाग लिएका थिए । उनले आइतबार देशको संसद्‌मा आफ्नो स्थान बनाएका हुन् ।


Author

थप समाचार
x