विश्व

दक्षिण कोरियामा कुकुरको मासु बिक्रीमा प्रतिबन्ध, काट्‌ने र बेच्‍नेलाई के हुन्छ कारबाही ?

इकागज |
पुस २५, २०८० बुधबार ११:३६ बजे

काठमाडौँ- दक्षिण कोरियाले कुकुरको मासु बिक्रीवितरणमा प्रतिबन्ध लगाएको छ । मंगलबार दक्षिण कोरियाको संसद्ले  कुकुरको प्रजनन, वध तथा मासु बिक्रीमाथि प्रतिबन्ध लगाउने विधेयक पारित गरेको हो । 

सत्तारूढ र प्रमुख विपक्षी दुवै दलले प्रस्ताव गरेको विधेयक दुई जनाको अनुपस्थितिका साथ २०८–० मतबाट निर्विरोध पारित भएको छ । उक्त विधेयक राष्ट्रपति युन सुक येओलबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि तीन वर्षको छुट अवधिपछि लागू हुनेछ । 


कानुनअन्तर्गत मासुका लागि कुकुरको प्रजनन, बिक्री र काट्नेलाई तीन वर्षसम्मको कारागार वा तीन करोड वन (२३ हजार अमेरिकी डलर) जरिवाना लाग्ने बताइएको छ । 

केही सांसद विधेयक पारित भएको खुसी मनाउन संसद्‌ भवनबाहिर एकत्रित भएका थिए र मानिसहरूले ‘कुकुरको मासुको उपभोगलाई अलविदा’ र ‘कुकुरको मासुमुक्त कोरिया आउँदैछ’ भन्ने पोस्टर फरफराउँदै खुसी मनाएका थिए । 

कुकुरको मासु लामो समयदेखि दक्षिण कोरियाली परिकारको हिस्सा रहेको थियो । एक समयमा उक्त व्यापारका लागि प्रत्येक वर्ष १० लाख कुकुर मारिन्थ्यो । यद्यपि ठूलो सङ्ख्यामा कोरियाली मानिसले घरपालुवा जनावरको स्वामित्वलाई अपनाइरहेकाले हालका दिनमा कुकुरको मासुको खपत तीव्र रूपमा घटेको छ ।


Author

थप समाचार
x