विश्व

इजरायलद्धारा प्यालेस्टाइनमा रहेको बेलायती परोपकारी संस्थामाथि आक्रमण

इकागज |
पुस २६, २०८० बिहीबार ७:८ बजे

फाइल तस्बिर

गाजा- अपाङ्गता भएका बालबालिकाका लागि सहयोग गर्ने बेलायतको परोपकारी केन्द्रलाई इजरायली सेनाले क्षति पुर्‍याएको छ ।

इजरायलले कब्जा गरेको वेस्ट बैंकमा एक बेलायती परोपकारी संस्थाको सहयोगमा चलिरहेको अपाङ्गता भएका बालबालिकाको स्वास्थ्य केन्द्रलाई यस महिनाको सुरुमा इजरायली सेनाले आक्रमणमा क्षति पुर्‍याएको हो ।


एक्सन अराउन्ड बेथलेहेम चिल्ड्रेन विथ डिसेबिलिटी (एबीसीडी) जेनिनको दक्षिणमा रहेको नुर शम्स शरणार्थी शिविरमा अवस्थित छ । केन्द्रका अनुसार इजरायली सैनिकहरूले सो भवनमा तोडफोड गरेका थिए । उनीहरूका अनुसार त्यहाँ रहेका उपकरणहरू नष्ट मात्रै गरेनन्, बालबालिकाको खाना र जाडो लुगासहित त्यहाँ रहेका प्रिन्टरबाट मसीसमेत चोरेका छन् ।

‘प्यालेस्टाइनमा काम गर्ने ३५ वर्षको अनुभव भएको बेलायती परोपकारी संस्थाको रूपमा हामी बेलायत सरकारलाई वेस्ट बैंकमा त्यस्ता सबै आक्रमणहरू रोक्न र गाजामा तत्काल युद्धविरामको लागि अनुरोध गर्न इजरायली सरकारलाई अनुरोध गर्न आग्रह गर्दछौं,’ एबीसीडीले एक विज्ञप्तिमा भन्यो। ।


Author

थप समाचार
x