विश्व

इरानद्धारा अमेरिकन कार्गो जहाज कब्जा

इकागज |
पुस २७, २०८० शुक्रबार १०:१ बजे

तेहरान- इरानले टर्कीका लागि तेल निर्यात गर्ने अमेरिकन कार्गो जहाज कब्जामा लिएको छ ।

गत वर्ष त्यही जहाज र यसको तेल संयुक्त राज्यले जफत गरेको बदलामा टर्कीको लागि इराकी कच्चा तेलसहितको ट्याङ्कर जफत गरेको इरानी समाचार माध्यमले जनाएका छन् । 


इरानको पछिल्लो यो कदमले कदमले मध्य पुर्वमा क्षेत्रीय तनाव निम्त्याउने सम्भावना थप बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

‘इस्लामिक रिपब्लिक अफ इरानको नौसेनाले अदालतको आदेशअनुसार ओमनको खाडीमा एक अमेरिकी तेल ट्याङ्करलाई नियन्त्रणमा लिएको छ,’ राज्यद्वारा सञ्चालित आइआरएनए समाचार एजेन्सीले भनेको छ ।

‘गत वर्ष संयुक्त राज्यले इरानी तेल चोरी गरेपछि सेन्ट निकोलस ट्याङ्करलाई इरानको नौसेनाले नियन्त्रणमा लिएको हो,’ इरानी नौसेनाले इरानी समाचार एजेन्सी फार्सलाई जानकारी दिदैँ भन्यो ।

इरानको यो कदमलाई अमेरिकाले गैरकानूनी कब्जा भनेर निन्दा गरेको छ । साथै इरानलाई कब्जा गरिएका जहाज र त्यसका चालक दललाई तुरुन्त रिहा गर्नसमेत माग गरेको छ ।

यमनको इरानी पठित हुथीहरूले लाल सागरमा जहाजहरूमा आक्रमण गरेको हप्तापछि यो कब्जा भएको हो । हुथी विद्रोहीहरूले गाजामा इजरायलको आक्रमणको बीचमा प्यालेस्टिनीहरूसँग ऐक्यबद्धतामा आक्रमणहरू गरिरहेको बताउँदै आएका छन् ।

सो समूहको आक्रमणले व्यस्त जलमार्गमा गस्ती गर्ने अमेरिकी नेतृत्वको सेनाबाट सम्भावित प्रतिशोधात्मक हमलाको जोखिम बढाएको छ । विशेष गरी संयुक्त राष्ट्र सुरक्षा परिषद्‌ले बुधबार हुथीहरूको निन्दा गरेपछि यहाँ समुन्द्री युद्धको सम्भावना र खतरा थप बढाउँदै गएको बेला इरानले अमेरिकन तेल कार्गो कब्जा गरेपछि विश्वव्यापी चिन्ता बढेको छ ।

हुथीहरू अरबी प्रायद्वीपको दक्षिण पश्चिममा बाब अल मन्डब स्ट्रेटमा केन्द्रित छन् तर बिहीबारको यो घटना ओमन र इरानको बीचमा रहेको स्ट्रेट अफ हर्मुजको नजिक अवस्थित थियो ।

घटना बिहान स्थानिय समय अनुसार ७ बजे भएको ब्रिटिश समुद्री सुरक्षा फर्म एम्ब्रेले जनाएको छ । धेरै इरानी हतियारधारीहरू ओमानको सोहरबाट ५० समुद्री माइल पूर्वमा मार्शल टापुको झण्डा भएको सेन्ट निकोलसमा चढेका थिए र त्यसपछि सो जहाजलाई इरानको बन्दरगाहतर्फ लगेका थिए ।


Author

थप समाचार
x