विश्व

उत्तरी गाजामा त्रासदीपूर्ण मानवीय अवस्था रहेको संयुक्त राष्ट्रकाको भनाइ

इकागज |
पुस २७, २०८० शुक्रबार १६:२८ बजे

फाइल तस्बिर

संयुक्त राष्ट्रसंघ - संयुक्त राष्ट्रका प्रवक्ताले बिहीबार उत्तरी गाजामा अस्वभाविक रुपमा बिग्रँदै गएको मानवीय संकटलाई प्रकाश पार्दै राहत कार्यमा अवरोधहरू खडा भएको बताएका छन् । 

नियमित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले ‘जनवरी १–१० बीचमा खाद्यान्न, औषधि, पानी र अन्य जीवन उपयोगी  सहायता मात्रै वितरण भएको जनाएका छन् । गाजा शहरमा चिकित्सा आपूर्ति तथा गाजा शहर र उत्तरमा पानी र सरसफाइ सुविधालगायत इन्धन समावेश  गरिएको छ ।  यसलाई इजरायली अधिकारीहरूले भने अस्वीकार गरेका थिए ।


डुजारिकले हालको अवस्थालाई अघिल्लो महिनाहरूसँग तुलना गर्दै सहायता पहुँचमा उल्लेखनीय गिरावट रहेको उल्लेख गरे । गत वर्षको डिसेम्बरको दरको तुलनामा जनवरीमा अहिलेसम्म देखिएको पहुँच दरमा उल्लेखनीय ह्रास देखिएको उनको भनाइ छ । डिसेम्बरमा ७० प्रतिशतभन्दा बढि जनवरीको सुरुमा १४ प्रतिशतको दरमा गिरावट आएको उल्लेख उनले गरेका छन् । विविद अवरोधको मानवीय लागतलाई उजागर गर्दै, डुजारिकले हरेक दिन उत्तरी गाजामा रहेका लाखौँ मानिसको ज्यान गुमाउने पीडामा मद्दत गर्न असमर्थ भएको उल्लेख गरेका छन् । 

यसैगरी संयुक्त राष्ट्रसंघ आपतकालिन राहत संयोजक मार्टिन ग्रिफिथ्सले गाजाको स्वास्थ्य क्षेत्रको सामाजिक अवस्था चित्रण गर्दै गाजामा स्वास्थ्य क्षेत्र बिस्तारै निस्सासिएको बताएका छन् । त्यसको भयावह नतिजाबारे उल्लेख गर्दे उनले गर्भवती आमाले सुरक्षित रूपमा बच्चा जन्माउन नसक्ने, बालबालिकालाई खोप लगाउन नसक्ने, बिरामी तथा घाइतेले उपचार नपाउने अवस्थाको कारण मानिसको मृत्यु भइरहेको बताएका छन् । 

युद्ध नियमको बाबजुत पनि मानवीय पक्षको दृष्टीकोणबाट कार्यकर्तासहित नागरिकको आवश्यक सुरक्षा गर्नु अत्यावश्यक रहेको उनले बताएका छन् । 


Author

थप समाचार
x