विश्व

अमेरिकी नौसेनाको विमान प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त

इकागज |
पुस २८, २०८० शनिबार ९:५३ बजे

क्यालिफोर्निया- अमेरिकी नौसेनाको हेलिकप्टर दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको छ ।

सौभाग्यवश दुर्घटनामा चालक दलका सबै सदस्य बाँच्‍न सफल भएका छन् । अमेरिकी सेनाका प्रवक्ताले यसको पुष्टि गरेका छन् । प्रवक्ताका अनुसार अमेरिकी नौसेनाको हेलिकप्टर अघिल्लो राति दक्षिणी क्यालिफोर्नियामा दुर्घटनामा परेको हो ।


न्युयोर्क पोस्टको रिपोर्टका अनुसार हेलिकप्टरमा जम्मा ६ जना सवार थिए, जो चमत्कारी ढंगले बाँचेका छन् । अमेरिकी नौसेना कमाण्डरले भने कि एमएच–६० आर हेलिकप्टर साँझ ६:४० बजे दक्षिणी क्यालिफोर्नियामा दुर्घटनामा परेको थियो । हेलिकप्टर खसेको बेला नियमित प्रशिक्षण भइरहेको थियो ।

सेनाका प्रवक्ताले हेलिकप्टरमा रहेका चालक दलका सदस्यहरू घाइते भएको तर अहिले उनीहरूको अवस्था खतरामुक्त रहेको बताए । यस सम्बन्धमा अहिलेसम्म थप जानकारी दिइएको छैन ।

घटनास्थलमा अमेरिकी कोस्ट गार्डका कर्मचारीहरू उपस्थित छन् । विभागले अहिले दुर्घटनाको अनुसन्धान गरिरहेको छ । उनले हेलिकप्टरमा सवार सबै यात्रु सकुशल भागेको र कसैको पनि मृत्यु नभएको बताए ।

यसअघि नोभेम्बरमा पनि प्रशिक्षण अभ्यासका क्रममा अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा पाँच अमेरिकी सैनिकको मृत्यु भएको थियो ।


Author

थप समाचार
x