विश्व

अयोध्याका राम मन्दिरका लागि ४४ क्विन्टल लड्डु बनाइँदै

इकागज |
पुस २८, २०८० शनिबार १५:१५ बजे

अयोध्याका राम मन्दिरका लागि ४४ क्विन्टल लड्डु बनाइँदै

अयोध्या- अयोध्यामा २२ जनवरीमा हुन लागेको राम मन्दिरको उद्घाटन र अभिषेकको तयारी तीव्र गतिमा भइरहेको छ । 


कार्यक्रममा आउने आगन्तुकका लागि आवासदेखि सुरक्षाको व्यवस्था मिलाइएको छ । 

यसैबीच प्राणप्रतिष्ठा कार्यक्रमका लागि लड्डु बनाउने काम सुरु भएको छ । उत्तर प्रदेश र गुजरातका मजदुरहरूले देसी घिउबाट बनेको विशेष लड्डु तयार गर्दैछन् । भारतीय सञ्चार माध्यमका यो प्रसाद देवराह बाबाले जनवरी २२ मा आउने रामभक्तहरूलाई बाँड्ने छन् ।

लड्डुको प्रसाद तयार गरी टिफिनमा प्याक गरिँदैछ । देवराह बाबाका शिष्यलाई उद्धृत गर्दै भारतीय मिडियाले लेखेका छन, ‘यो शुद्ध देसी घिउबाट बनेको लड्डु हो, जसमा एक थोपा पानी पनि प्रयोग गरिएको छैन । ६ महिनासम्म बिग्रने छैन । पहिले चाँदीको थालमा भगवान् रामललालाई बलि चढाइन्छ । यो प्रसाद भोगपछि आउने भिआइपीहरूलाई दिइनेछ ।’

एउटा बक्समा कुल ११ वटा लड्डु हुने छन् । दर्शनका लागि आउने रामभक्तहरूलाई पनि प्रसाद वितरण गरिने सो बक्समा ५ वटा लड्डु रहने छन् । देवराह बाबाको प्रेरणामा १ हजार १११ मण लड्डु चढाइँदैछ । रामललालाई ४४ क्विन्टल लड्डु चढाइनेछ ।

भूमि पूजनका बेला पनि देवराह बाबाले ट्रस्टलाई हजारौं क्विन्टल लड्डु दिएका थिए । ४४ क्विन्टल लड्डु बनाउन ४० जना कारीगरहरू लागेका छन्, यो लड्डुको विशेषता भनेको यसमा पानीको एक थोपा पनि प्रयोग गरिएको छैन । देवराह बाबा एक सन्त थिए, जसले राम मन्दिर निर्माणको भविष्यवाणी गरेका थिए । 

भगवान् रामको जन्म भएको ठाउँमा भगवान् श्रीरामको भव्य मन्दिर निर्माणको काम गरिने उनले बताएका थिए, जुन उनको सपना पूरा हुँदैछ । एजेन्सी
 


Author

थप समाचार
x