‘संयुक्त राष्ट्रसंघले यो वर्ष युक्रेनका लागि ४.२ अर्ब अमेरिकी डलर सहयोग जुटाउने’
फाइल तस्बिर
किभ - संयुक्त राष्ट्र संघले द्वन्द्वग्रस्त युक्रेनको समुदाय र शरणार्थीका लागि यसवर्ष ४.२ विलियन अमेरिकी डलर जुटाउन खोजिरहेको छ । युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरूको पुनः एकीकरण मन्त्रालयले सोमबार यस्तो जनाएको छ ।
विशेष गरी, संयुक्त राष्ट्र संघले युक्रेनमा ८.५ मिलियन मानिसलाई मानवीय सहायता प्रदान गर्न दाताबाट ३.१ विलियन डलर आकर्षित गर्ने योजना बनाएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो ।
रूस–युक्रेन द्वन्द्वका कारण देशबाट भाग्न बाध्य भएका २.३ मिलियन युक्रेनी शरणार्थीलाई सहयोग गर्न १.१ विलियन डलर जुटाउन पनि विश्व निकायको लक्ष्य रहेको छ । युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेशुकले द्वन्द्वबाट प्रभावित युक्रेनीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसंघीय मानवीय योजनामा किभले उच्च आशा राखेको बताएका छन् ।
उनले आन्तरिक रुपमा विस्थापित मानिस तथा युद्धबाट भागेर विदेश गएका आफ्ना नागरिकलाई समर्थन जारी राख्नुपर्ने बताएका छन् ।
सन् २०२२ को फेब्रुअरीदेखि करिब ६.३ मिलियन मानिस युक्रेनबाट भागेको संयुक्त राष्ट्रसंघले जनाएको छ । युक्रेनी अधिकारीहरूका अनुसार देशभित्र करिब ४.९ मिलियन मानिस विस्थापित भएका छन् ।
रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया