कतार र फ्रान्सको पहलमा हमास र इजरायलबीच सम्झौता, औषधि वितरण गर्न दिइने
फाइल तस्बिर
गाजा- कतार र फ्रान्स प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायलबीचको सम्झौता गराउन सफल भएका छन् ।
सो सम्झौताअन्तर्गत इजरायलले गाजामा मानवीय र चिकित्सा सहायता पठाउने बाटो दिनेछ भने बदलामा हमासले ४५ इजरायली बन्धकहरूलाई तुरुन्तै औषधि वितरण गर्न अनुमति दिनेछ ।
दुवै देशबीचमा भएको यो सहमतिपछि बुधबार कतारबाट इजिप्टका लागि सहायता सामग्री प्रस्थान गर्ने बताएका छन् । त्यसपछि यो इजिप्ट र प्यालेस्टाइनको रफाह सीमाबाट गाजा जानेछ ।
कतारका विदेशमन्त्री माजिद अल अन्सारीले एक विज्ञप्तिमा भनेका छन्, ‘यो सम्झौताको अर्थ इजरायली बन्धकहरूलाई आवश्यक औषधि उपलब्ध गराउनुको सट्टा गाजा पट्टीमा बस्ने नागरिकहरूलाई औषधि र मानवीय सहायता उपलब्ध गराउनु हो ।’ तर, कति र के सहयोग गर्ने भन्नेबारे उनले केही भनेका छैनन् ।
यसअघि फ्रान्सेली विदेश मन्त्रालयको क्राइसिस सेन्टरका प्रमुख फिलिप लालियटले यो कुराकानी केही हप्तादेखि चलिरहेको बताएका थिए । यसको प्रारम्भिक विचार केही इजरायली बन्धकहरूको परिवारबाट आएको हो ।
फ्रान्ससँग धेरै महिनासम्म राखिएको विशेष मेडिकल प्याकेजहरू ४५ बन्धकहरूलाई वितरण गरिने उनले बताए । यसमा रेडक्रसको अन्तर्राष्ट्रिय समितिले समन्वय गर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया