चीनको जनसंख्या लगातार दोस्रो पटक पनि घट्यो
काठमाडौँ- सन् २०२३ मा पनि चीनको जनसङ्ख्यामा ठूलो गिरावट आएको छ ।
जसअनुसार विगत दुई वर्षदेखि चीनको जनसंख्या लगातार घट्दै गएको छ ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार जनसंख्या घट्नुको मुख्य कारण कोभिड १९ बाट हुने मृत्यु र जन्मदरमा आएको कमी रहेको बताइएको छ । यसले आगामी दिनमा चीनको अर्थतन्त्रमा असर पार्न सक्ने चेतावनी दिइएको छ । साथै, जन्मदरमा आएको गिरावटले चीनका लागि ठूलो समस्या खडा गर्न सक्ने आशंका गरिएको छ ।
हाल चीनको जनसंख्या १४० करोड छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले गत वर्षदेखि हालसम्म चीनको जनसङ्ख्या २० लाख ८० हजारले घटेको जनाएको छ । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशमा चीन दोस्रो स्थानमा छ भने भारत पहिलो स्थानमा छ ।
पछिल्लो दुई वर्षयता चीनमा कोभिड–१९ का कारण मृत्यु हुने क्रम जारी छ । यसबाहेक जन्मदरमा पनि कमी आएको छ । यी दुई कारणलाई जनसंख्या घट्नुको सबैभन्दा ठूलो कारण मानिएको चिनिया सञ्चारमाध्यमले जनाएका छन ।
सन् २०२२ मा चीनमा ८.५ लाख मानिसको मृत्यु भएको थियो । गत वर्षको तुलनामा प्रति हजारमा जन्मदर ६.३९ प्रतिशतले घटेको छ । चीनमा कम्युनिस्ट शासन स्थापना भएपछि पहिलो पटक यस्तो गिरावट आएको हो।
मुलुकमा काम गर्ने व्यक्तिको उमेर १६ देखि ५९ वर्षको बीचमा रहेकोमा सन् २०२२ मा १० करोड ७५ लाखले घटेको छ । ६० वर्षभन्दा माथिका मानिसको सङ्ख्या बढेको छ । सन् २०२२ मा ६० वर्षभन्दा माथिका व्यक्तिको सङ्ख्या १६.९३ मिलियनले बढेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया