विश्व

पाकिस्तान र अफगानी सेनाबीच झडप, चारको मृत्यु

इकागज |
माघ ७, २०८० आइतबार ९:५७ बजे

काबुल - पाकिस्तानी सेना र अफगान सेनाबीच झडप भएको छ । शनिबार पाकिस्तानी सीमा गार्ड र अफगान शासक तालिबानबीच डुरान्ड लाइनमा भिडन्त भएको थियो । जसमा कम्तीमा चार जनाको मृत्यु भएको थियो। 

टोलो न्यूजका अनुसार स्थानीय स्रोतहरूलाई उद्धृत गर्दै भन्यो, 'गत वर्ष छिटपुट झडप पछि अफगानिस्तानको कुनार प्रान्तको सीमामा तालिबान र पाकिस्तानी सेनाबीच झडपको नयाँ घटना प्रकाशमा आएको हो ।' पाकिस्तानी सेनाले सीमा उल्लङ्घन गरेपछि झडप सुरु भएको थियो । त्यसपछि पाकिस्तानी सेनाले कुनार प्रान्तमा तालिबान पोष्टहरूमा गोली चलाएको थियो। यी झडपमा कम्तीमा चार जनाको मृत्यु भएको र ६ जना घाइते भएको बताइएको छ ।


गत बिहीबार पाकिस्तानले इरानको सिस्तान–बलुचिस्तान प्रान्तमा ‘आतंकवादी लुकेका ठाउँहरू’ मा ड्रोन र मिसाइलले सैन्य आक्रमण गरेको थियो, जसमा नौ जनाको मृत्यु भएको थियो। इरानले पाकिस्तानको अशान्त बलुचिस्तान प्रान्तमा सुन्नी बलुच आतंककारी समूह जैश अल अदललाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमण गरेको दुई दिनपछि यो आक्रमण भएको हो। 

यी हमलाहरू पछि पाकिस्तानले इरानबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ र यसअघि तय गरिएका सबै उच्चस्तरीय द्विपक्षीय भ्रमणहरू स्थगित गरेको छ।


Author

थप समाचार
x