खोलेको पहिलो दिनमै अयोध्याको श्रीराम मन्दिरलाई ३ करोड १७ लाख चन्दा
फाइल तस्बिर
काठमाडौँ - अयोध्याको श्रीराम मन्दिरमा दोस्रो दिन पनि ठूलो संख्यामा भक्तजन दर्शनका लागि पुगेका छन् ।
बुधबार श्रीराम मन्दिरमा दर्शनका लागि साढे दुई लाखभन्दा बढी श्रद्धालु पुगेका थिए ।
पहिलो दिन २३ जनवरीमा पहिलो पटक सर्वसाधारणका लागि यो मन्दिर खोल्दा यहाँ तीन करोड १७ लाख रूपैयाँ चन्दा आएको थियो ।
रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका ट्रस्टी अनिल मिश्रले समारोहपछि खोलिएका १० काउन्टरबाट एकै दिनमा अनलाइनमार्फत ३ करोड १७ लाख रूपैयाँ चन्दा प्राप्त भएको बताए ।
राज्य सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'अभिषेक समारोहको दोस्रो दिन बुधबार राति १० बजेसम्म २.५ लाख भन्दा बढी भक्तजनहरूले मन्दिरको दर्शन गरे।'
पहिलो दिन पाँच लाख मानिसले दर्शन गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया