विश्व

अष्ट्रेलियामा समुद्र तटमा डुबेर चार भारतीयको मृत्यु

इकागज |
माघ ११, २०८० बिहीबार १०:५५ बजे

फाइल तस्बिर

काठमाडौँ -अष्ट्रेलियाको भिक्टोरियास्थित फिलिप आइल्याण्डको समुद्र तटमा डुबेर चार भारतीयको मृत्यु भएको छ ।

अष्ट्रेलियास्थित भारतीय उच्चायोगले बिहीबार सो जानकारी दिएको हो 


भारतीय उच्चायोगले ट्वीटरमा लेखेको छ- 'अष्ट्रेलियामा हृदयविदारक घटना, भिक्टोरियाको फिलिप आइल्याण्डमा डुबेर चार भारतीयको मृत्यु भएको छ, पीडितका परिवारप्रति गहिरो समवेदना। हामी पीडित परिवारसँग सम्पर्कमा छौं।'


Author

थप समाचार
x