विश्व

रुसको प्रसिद्ध जेनेटिक इन्स्टिच्युटका प्रमुखको दाबी- पहिले मानिस ९०० वर्ष बाँच्थे

इकागज |
माघ १३, २०८० शनिबार ७:५७ बजे

मस्को- आजकल रुसमा एउटा समाचारको निकै चर्चा भइरहेको छ । वास्तवमा रुसी सरकारले आफ्नो एक प्रसिद्ध आनुवंशिक संस्थानका प्रमुखलाई उनको अनौठो बयानका कारण बर्खास्त गरेको छ । 

रुसको विज्ञान तथा उच्च शिक्षा मन्त्रालयले यो कारबाही गरेको हो । जेनेटिक इन्स्टिच्युटका प्रमुखले पहिले मानव शताब्दीयौंसम्म बाँच्ने गरेको तर अहिले आधुनिक मानवको आयु लगातार छोटो हुँदै गएको बताएका थिए । उनका अनुसार छोटो जीवनको वास्तविक कारण उनका पुर्खाहरूले गरेका पापहरू रहेका हुन् भनेका थिए ।


समाचार एजेन्सी रिया–नोवोस्तीका अनुसार सोही बयानपछि उनलाइ यो कारबाही गरिएको हो । यद्यपि मन्त्रालयले आफ्नो पोस्ट एक्शन रिपोर्टमा अलेक्जेन्डर कुद्र्याभत्सेभलाई बर्खास्त गर्नुको कुनै कारण बताएको छैन । तर, प्रभावशाली रूसी अर्थोडक्स चर्चले यसलाई धार्मिक भेदभाव भनेको छ । यो कारबाहीपछि धेरै हंगामा भएको छ र सरकारको लगातार आलोचना भइरहेको छ ।

रुसी समाचार वेबसाइट मेदुजाका अनुसार उनले सातौं पुस्तासम्मका बालबालिका आफ्ना बुबाको पापका लागि जिम्मेवार छन् भनी दाबी गरेका थिए ।

यस कार्यको सम्बन्धमा समाचार एजेन्सी रिया नोवोस्तीसँग कुरा गर्दै रूसी चर्चको पारिवारिक मुद्दाहरूको आयोगका प्रमुख फ्योडोर लुक्यानोभले भने, ‘धार्मिक आस्थाअनुसार दिएको बयानका लागि कुद्र्याभत्सेभलाई बर्खास्त गर्नु वैज्ञानिक समुदायको नैतिकताको उल्लङ्घन हो । हामीले पहिले नै सोभियत युगका दिनहरू बिताइसकेका छौं, जब आनुवंशिकीलाई लामो समयसम्म छद्म विज्ञान मानिन्थ्यो ।’


Author

थप समाचार
x