मानहानि मुद्दामा ट्रम्पलाई ८३.३ मिलियन डलर जरिवाना
फाइल तस्बिर
अमेरिका- शुक्रबार, म्यानहट्टन संघीय अदालतले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध यौन उत्पीडन र मानहानिको मुद्दामा फैसला सुनाएको छ ।
पूर्वराष्ट्रपति ट्रम्प २०२४ मा राष्ट्रपति पदका उम्मेदवारी अन्तिम अवस्थातर्फ पुग्दा उनलाई यो सजाय सुनाइएको हो । अब अदालतको आदेशअनुसार ट्रम्पले लेखक ई जीन क्यारोललाई मानहानि क्षतिपूर्तिको रूपमा ८३.३ मिलियन डलर दिनु पर्नेछ ।
क्यारोलले मानहानिको लागि १० मिलियन डलरको को माग गरेकी थिइन्, तर त्योभन्दा धेरै अदालतले ८३.३ मिलियन डलर क्षतिपूर्तिको आदेश दिएको हो । ट्रम्पले निर्णयपछि आफ्नो वक्तव्यमार्फत उक्त निर्णयलाई हास्यास्पद भन्दै त्यसविरुद्ध अपिल गर्ने बताएका छन् ।
समाचारअनुसार ज्युरीले करिब तीन घण्टाको छलफल र बहसपछि यो निर्णय गरेको थियो । बहस सुरु हुँदा ट्रम्प अदालतमा उपस्थित थिए तर बीचमै बाहिर निस्केका थिए । अदालतमा फैसला पढ्दा ट्रम्प त्यहाँ थिएनन् ।
अदालतको आदेशमा ६५ मिलियन क्षतिपूर्ति र ७.३ मिलियन प्रतिष्ठित मर्मतको लागि समावेश छ । ट्रम्पले आफ्नो बयान मार्फत क्यारोललाई हानि पुर्याउन कसैलाई निर्देशन दिएको कुरा अस्वीकार गरेका छन् ।
वकिल रोबर्टा कपलानले म्यानहट्टन संघीय अदालतमा आफ्नो समापन तर्क सुरु गरेको केही मिनेटपछि ट्रम्प अचानक आफ्नो सुरक्षा पक्षको सिटबाट उठे र बाहिर निस्किए । समापन तर्कको क्रममा जब लेखक ई जीन क्यारोलका वकिलले क्षतिपूर्ति दिन आग्रह गरे, डोनाल्ड ट्रम्प अदालतबाट बाहिरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया