विहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा
काठमाडौँ - विहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् । राजभवन पुगेर राज्यपाल राजेन्द्र अर्लेकरलाई भेटेर नितिश कुमारले आइतबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।
उनले सञ्चारमाध्यमलाई भने, 'आज मैले पदबाट राजीनामा दिएको छु। हामीले पार्टीका जनताको कुरा सुनेर सरकार अन्त्य गर्ने प्रस्ताव राख्यौं। आज गठबन्धनबाट अलग भयौँ।'
यसअघि विहारमा जारी राजनीतिक गतिविधिका बीच राजधानी पटनामा जनता दल (संयुक्त) को बैठक बसेको थियो ।
यो भेट नितिश कुमारको मुख्यमन्त्री निवासमा भएको थियो । जसमा विधायक, व्यवस्थापिका सदस्य र सांसदहरूको सहभागिता रहेको थियो । त्यसपछि नितिश कुमार राजभवन गएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया