विश्व

आचरण उल्लंघनका १ लाख घटनाको चिनियाँ कम्युनिस्ट पार्टीद्वारा अनुसन्धान

इकागज |
माघ १५, २०८० सोमबार ७:३४ बजे

बेइजिङ- चीनको शीर्ष अनुशासनात्मक निगरानी संस्थाले सन् २०२३ मा पार्टीको आचरण सुधार गर्ने आठ बुँदे निर्णयको उल्लङ्घन भएको आशंकामा १ लाख ७ हजार ५४७  घटनाको छानबिन गरिएको आइतबार जनाएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय आयोगको अनुशासन निरीक्षण तथा राष्ट्रिय पर्यवेक्षण आयोगको वेबसाइटका अनुसार यी मामिलाहरूमा संलग्न १ लाख ५३ हजार ६६२  जनालाई कारबाही गरिएको छ ।


गत वर्ष जिम्मेवारी पूरा गर्न नसकेको, कर्तव्य पालना गर्न नचाहने र आर्थिक तथा सामाजिक विकासको सेवा तथा पारिस्थितिकी वातावरणको संरक्षणमा मनमानी वा जालसाजी गर्ने ३९ हजार ७ सय ८१ मुद्दाहरूमाथि अनुसन्धान गरिएको थियो। (सिन्ह्वा)


Author

थप समाचार
x