इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा चार जनालाई मृत्युदण्ड फैसला सुनायो
काठमाडौँ - इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा सोमबार बिहान चार जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार यी चार व्यक्तिको पहिचान मोहम्मद फरामर्जी, मोहसिन मजलूम, वाफा अजरबार, पेजमान फतेहीको रूपमा गरिएको छ।
चारै जनालाई सन् २०२२ को जुलाईमा इस्फाहान प्रान्तको रक्षा मन्त्रालयको केन्द्रमा आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको थियो। इरानको समाचार एजेन्सी मिजानलाई उद्धृत गर्दै एएफपीले लेखेको छ, ूसोमबार बिहान मृत्युदण्डको सजाय सुनाइएका यी चार जना सदस्यहरू जियोनिस्ट (इजरायल) गुप्तचर संस्थासँग सम्बद्ध थिए। उनीहरूलाई इस्फाहानमा आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको थियो।ू
इरानका अनुसार यी चार जनालाई इजरायलको गुप्तचर एजेन्सी मोसादले आफ्नो अपरेशनको डेढ वर्षअघि भर्ती गरेको थियो।
मिजान अनलाइनको समाचार अनुसार चारै जनालाई सैन्य तालिमका लागि अफ्रिकी देश पठाइएको थियो, जहाँ मोसादका अफिसरहरू उपस्थित थिए। चारै जनालाई सेप्टेम्बर २०२३ मा मृत्युदण्ड दिइएको थियो।
अगस्ट २०२३ मा नै इरानले मोसादको नेतृत्वमा गरिएको अपरेशनको पर्दाफास गरेको दाबी गरेको थियो। इरानका अनुसार यस अपरेसनको उद्देश्य आफ्नो ब्यालिस्टिक मिसाइल उद्योगलाई पूर्ण रूपमा नष्ट गर्नु थियो । यसभन्दा केही महिनाअघि अर्थात् गत फेब्रुअरीमा पनि इरानले इस्फाहानस्थित सैन्य शिविरमा भएको ड्रोन आक्रमणमा इजरायलको संलग्नता रहेको आरोप लगाएको थियो ।
इरान र इजरायल दुवै दशकौंदेखि एकअर्काका कट्टर विरोधी हुन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया