झारखण्डका मुख्यमन्त्री बेपत्ता भएको पोष्टर जारी, पत्ता लगाउनेलाई ११ हजार पुरस्कार
काठमाडौँ - भारत झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन मनी लान्ड्रिंग मुद्दामा सोधपुछका लागि प्रवर्तन निदेशालय (ईडी) समक्ष उपस्थित नभएपछि राज्यमा हलचल मच्चिएको छ।
सोमबार उनको पार्टी झारखण्ड मुक्ति मोर्चाले मुख्यमन्त्री व्यक्तिगत कामको लागि दिल्लीमा भएको बताएको थियो । तर जब ईडी टोली उनको दिल्लीस्थित निवासमा पुग्यो, हेमन्त सोरेन पनि त्यहाँ फेला परेनन्।
बीजेपीले झारखण्डका मुख्यमन्त्री बेपत्ता भएको भन्दै मंगलबार सीएमको ‘बेपत्ता’ को पोस्टर जारी गरेको छ ।
जसमा बीजेपीले हेमन्त सोरेनको कदको विवरण दिँदै जानकारी दिनेलाई ११ हजार रुपैयाँ पुरस्कार दिइने बताएको छ ।
झारखण्ड बीजेपी अध्यक्ष बाबूलाल मरांडीले भने, 'उनी (हेमन्त सोरेन) यस राज्यका मुख्यमन्त्री हुन् र मानिसहरूले उहाँ हिजो रातीदेखि हराएको भनिरहेका छन्। राज्यको गुप्तचर निकाय र प्रहरीलाई पनि उनी कहाँ छन् भन्ने थाहा छैन भने यो निकै गम्भीर विषय हो ।'
यसैबीच राज्यपाल सीपी राधाकृष्णनले डीजीपी र गृह सचिवलाई राजभवनमा बोलाएका छन्।
साथै, झारखण्डमा मुख्यमन्त्रीको निवास, राजभवन र ईडी कार्यालयको १०० मिटर भित्र धारा १४४ लगाइएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया