विश्व

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद सजाय

इकागज |
माघ १६, २०८० मंगलबार १५:२५ बजे

काठमाडौँ- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद सजाय सुनाइएको छ ।

पाकिस्तानको विशेष अदालतले राज्यका गोप्य सूचना चुहाएको आरोपमा पूर्वप्रधानमन्त्री खान र पूर्व विदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्षको जेल सजाय सुनाएको हो । 


आफूमाथि लागेको आरोप पूर्वप्रधानमन्त्री खानले अस्वीकार गर्दै राजनीतिबाट निर्देशित भएको बताएका छन् ।

भ्रष्टाचार आराेपमाम ३ वर्षकाे जेल सजाय सुनाइएको खान हाल कारावासमा छन् ।


Author

थप समाचार
x