लाल सागरमा अमेरिकी जहाजलाई प्रहार गरेको हुथी विद्रोहीहरूकाे दाबी
काठमाडौँ - यमनमा हुथी विद्रोहीले लाल सागरमा अमेरिकी व्यापारी जहाजलाई प्रहार गरेको दाबी गरेका छन् । उक्त जहाजको नाम कोइ हो र सो जहाजलाई अमेरिकाले सञ्चालन गरेको बताइएको छ।
सामुद्रिक सुरक्षा फर्म एम्ब्रेले यमनको अडेनको बन्दरगाहको दक्षिणी भागमा सञ्चालित एउटा जहाजमा विष्फोट भएको जानकारी दिएको तर जहाजको नाम नखुलेको बताएको छ।
यसैबीच, अमेरिकाले यमनमा नयाँ हवाई हमलाहरू सुरु गरेको छ, जसमा १० वटा ड्रोनहरू प्रहार गरिसकेको छ ।
रोयटर्स समाचार एजेन्सीका अनुसार, कोइ एक लाइबेरियन(झण्डा भएको कन्टेनर जहाज हो जुन बेलायतमा रहेको ओसिनेक्स सेवाद्वारा संचालित छ। उक्त जहाज शनिबार मिसाइल आबmमणबाट क्षतिग्रस्त भएको थियो।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया