एउटा भारतीय भिडियो : जसलाई ३ अर्ब ६७ करोड पटक हेरियो
मुम्बई- बलिउड सुपरस्टार शाहरुख खान र सलमान खानले बक्स अफिसमा राज गरिरहेका छन् ।
उनीहरूको फिल्मको गीत र ट्रेलरको पनि युट्युबमा निकै चर्चा परिचर्चा भइरहेको हुन्छ ।
के तपाईंलाई थाहा छ युट्युबमा सबैभन्दा धेरै हेरिएको भजन कुनै फिल्मको होइन, यो त श्री हनुमान चालिसा हो, जसलाई ३ अर्ब ६७ करोडभन्दा बढी भ्युज प्राप्त भएको छ ।
मानिसहरू पनि दिनहुँ बारम्बार सुन्ने गरेको देखिन्छ । जसका कारण दिन प्रतिदिन यस भजनको हेराइ बढिरहेको छ । समाचारअनुसार टिभी सिरिज भक्ति सागरको युट्युब पेजमा सेयर गरिएको श्री हनुमान चालिसाको भिडियो ३ अर्ब ६ करोडभन्दा बढी पटक हेरिएको छ । यो गीतलाई गुलशन कुमार र हरिहरनले स्वर दिएका छन् । आज पनि यो भजन सुनेर मानिसहरू भक्तिमय बन्छन् ।
उल्लेखनीय छ कि गुलशन कुमार एक भारतीय व्यापारी र निर्माता थिए, जसको १२ अगस्त १९९७ मा हत्या गरिएको थियो । संगीत क्षेत्रमा प्रवेश गर्ने बित्तिकै सबै परिस्थिति बदलियो ।
एक मध्यमवर्गीय परिवारमा जन्मेका गुलशन कुमारले जुलाई ११, १९८३ मा टि सिरिजको स्थापना गरेका थिए, त्यसपछि उनले १९८८ मा ‘कयामत से कयामत तक’ सँग पहिलो ब्रेक पाए र ८० लाख क्यासेट बेचेका थिए ।
यसपछि फिल्म आशिकीका गीतले रेकर्ड तोडेका छन् । गुलशन कुमार क्यासेट किङ भनेर चिनिन थाले । तर, सन् १९९७ मा गुलशन कुमारलाई सार्वजनिक रूपमा गोली हानेर हत्या गरियो, जसले मानिसलाई स्तब्ध बनाएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया