विश्व

अन्ततः युक्रेनले सैन्य नेतृत्व परिवर्तन गर्ने

इकागज |
माघ २३, २०८० मंगलबार ६:४९ बजे

किभ- युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको सैन्य र राजनीतिक नेतृत्वमा फेरबदल गर्ने योजना बनाएको बताएका छन् ।

आइतबर ढिलो प्रसारित एक अन्तरवार्तामा इटालियन राइ टिभीसँग एक टिप्पणीमा राष्ट्रपति जेलेन्स्कीले युक्रेनको सेनाका कमाण्डर इन चिफ भ्यालेरी जालुज्नीलाई बर्खास्त गर्न चाहेको बताएका हुन् ।


रूस युक्रेन युद्धको दोस्रो वर्ष नजिकिँदै गर्दा सेना प्रमुख भ्यालेरी जालुज्नीको भविष्यको बारेमा अड्कलबाजी बढिरहेको बेला राष्ट्रपति जेलेन्स्कीको यो भनाइ बाहिर आएको हो ।

‘पुनर्स्थापना र  परिवर्तनको नण्याँ सुरुवात आवश्यक छ र यो एउटा व्यक्तिको बारेमा होइन, समग्र देशको नेतृत्वको दिशाको बारेमा हो, जेलेन्स्कीले भने ।

‘म यो नयाँ प्रतिस्थापनको बारेमा सोच्दै छु,’ उनले भने, ‘तर यहाँ भन्न सकिँदैन कि हामीले एक व्यक्तिलाई मात्रै प्रतिस्थापन गर्यौं ।’

गत फेब्रुअरी २०२२ मा रुसले आक्रमण गर्नुभन्दा केही महिनाअघि जेलेन्स्कीले नियुक्त गरेका जालुज्नी सेना र व्यापक जनसङ्ख्यामा लोकप्रिय रहेका छन् । उनले आफ्नो राजनीतिक महत्वाकांक्षा रहेको अनुमानलाई अस्वीकार गरेका छन् ।

उनी र राष्ट्रपति युद्धको आचरणलाई लिएर केही समयदेखि विवादमा तानिदै आएका थिए किनकि देशले कम गोला बारूद तथा असफल काउन्टर अफेन्सिभपछि कर्मचारीको अभाव र थप सेनाको आवश्यकताको साथ ग्रसित भएको जनाएका थिए ।
 


Author

थप समाचार
x