विश्व

हाइटीमा भएको सामूहिक हिंसामा ११ सयभन्दा बढी हताहत : राष्ट्रसंघ

इकागज |
माघ २७, २०८० शनिबार १२:२१ बजे

संयुक्त राष्ट्रसंघ- संयुक्त राष्ट्रसंघका मानवतावादीहरूले शुक्रबार हाइटीका प्रमुख सहरहरूमा बढ्दो अशान्तिको बारेमा गहिरो चिन्ता व्यक्त गरेका छन् ।  जनवरीमा एक हजार १०० भन्दा बढी व्यक्ति हताहत भएका छन् ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसिएचए) ले संयुक्त अधिकारीलाई उद्धृत गर्दै राजधानी पोर्ट–ओ–प्रिन्स र अन्य प्रमुख सहरहरूमा हताहतको सङ्ख्या दुई वर्षमा सबैभन्दा बढी रहेको जनाएको छ ।


पछिल्लो समयमा प्रदर्शनहरूको बीचमा घातक हिंसाको कारण मानवीय कार्यहरूमा ठूलो अवरोध ल्याएको छ । यसले अप्ठेरोमा परेका नागरिकहरूलाई घटनास्थलमा सहयोग गर्ने पुग्ने योजनालाई असर गरेको ओसिएएचएले जनाएको छ । हिंसाबाट देशभरी तीन लाख १३ हजारभन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।

सडक अवरोध र आवागमन प्रतिबन्धले स्वास्थ्य सेवाकर्मीहरूलाई असर गर्ने तथा आवश्यक सामाजिक सेवाहरूको पहुँचमा सम्झौता गर्नु पर्ने मानव अधिकारकर्मीले बताएका छन् । उनीहरूका अनुसार सडक र बन्दरगाहसम्म पुग्न कठिनाइ हुँदा जीवन–रक्षक राहतको वितरणलाई पनि असर गरेको छ ।

विभागको एउटा मानवीय संस्थालाई पनि लुटिएकाले आगामी दिनमा यसको सञ्चालनमा ठुलो असर पार्ने कार्यालयले जनाएको छ ।

जनवरीको मध्यसम्ममा पोर्ट–ओ–प्रिन्स र अन्य शहरी क्षेत्रसहित राष्ट्रव्यापी रूपमा एक हजारभन्दा बढी विद्यालयहरू विरोध कार्यक्रम र प्रदर्शनका कारण अस्थायी रूपमा बन्द गरिएको थियो ।

ओसिएचएले देशमा हिंसाले खाद्यान्नको मूल्य लगभग २५ प्रतिशतले बढेको बताएको छ । (सिन्ह्वा)


Author

थप समाचार
x