ग्रीसले समलिङ्गी विवाहलाई मान्यता दियो
काठमाडौँ - ग्रीसले समलिङ्गी विवाहलाई मान्यता दिएको छ । ग्रीसले ठूलो कदम चाल्दै समलिङ्गी विवाहलाई अनुमोदन गरेको छ । ग्रीस यस्तो विवाहलाई वैधानिकता दिने पहिलो अर्थोडक्स ईसाई देश हो ।
समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने प्रस्ताव ग्रीसको संसदमा १७६ विरुद्ध ७६ मतले पारित भएको थियो । ग्रीसमा अब समलिङ्गी दम्पतीले कानुनी रूपमा सन्तान धर्मपुत्र लिन सक्नेछन् ।
प्रस्ताव पारित भएपछि, ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले भने, 'नयाँ कानूनले यो गम्भीर असमानतालाई धेरै हटाउनेछ।' तर यो नयाँ कानूनलाई लिएर ग्रीसका मानिसहरू विभाजित छन्, अर्थोडक्स चर्चबाट कडा विरोध भइरहेको छ।
एथेन्समा समलिङ्गी विवाहको विरोधमा चर्चका समर्थकहरूले प्रदर्शन गरेका छन् ।
अर्थोडक्स चर्चका प्रमुख आर्कबिशप लेरोनिमोसले यो कदमले देशमा सामाजिक सद्भावमा हानी पुर्याउने बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया