विश्व

पर्यटन गतिविधि बढाउन पानी जहाज थप्दै श्रीलंका

इकागज |
फागुन ६, २०८० आइतबार १७:४९ बजे

कोलम्बो- पर्यटन गतिविधि बढाउन श्रीलंकाले पानी जहाज थप्ने तयारी गरेको छ । श्रीलंकाको बन्दरगाहमा फेब्रुअरीदेखि अप्रिलसम्म ५० वटा क्रुज जहाजहरू बोलाइने तयारी रहेको सरकारी सञ्चार माध्यमले आइतबार बीएचआरलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

श्रीलंका पर्यटन विकास प्राधिकरणका महानिर्देशक सारिफो दीनले दिएको जानकारीअनुसार अधिकांश क्रुज जहाजहरू कोलम्बो बन्दरगाहमा र केही हम्बनटोटा र त्रिन्कोमाली बन्दरगाहमा रहने छन् ।


सामान्यतया प्रत्येक क्रुज जहाजमा करिब १ हजार यात्रु बोक्ने क्षमताका हुनेछन् र ती जहाजहरू श्रीलंकाको बन्दरगाहमा करिब दुई दिनसम्म लङ्गर हुने अपेक्षा गरिएको बताउँदै यी पानी जहाज सञ्चालनले यस वर्ष पर्यटक आगमनको सङ्ख्या बढाउने उनको भनाइ छ ।

सार्वजनिक तथ्याङ्कअनुसार सन् २०२३ मा १४ लाख ८० हजारभन्दा बढी पर्यटकले श्रीलंका भ्रमण गरेका थिए । उक्त सङ्ख्या अघिल्लो वर्षको तुलनामा दुई गुणाले वृद्धि भएको देखिन्छ । सिन्ह्वा


Author

थप समाचार
x