इन्ट्यूटिभ मेसिन्स बन्यो चन्द्रमामा अन्तरिक्ष यान उतार्ने पहिलो निजी कम्पनी
काठमाडौँ- अमेरिकी कम्पनी इन्ट्यूटिभ मेसिन्स चन्द्रमामा व्यावसायिक अन्तरिक्ष यान उतार्ने पहिलो निजी कम्पनी बन्ने इतिहास रचेको छ ।
ह्युस्टनमा रहेको इन्ट्युटिभ मेसिन्सले आफ्नो ओडिसियस रोबोटलाई चन्द्रमाको दक्षिणी ध्रुव नजिकै उतारेको बीबीसीले जनाएको छ ।
फ्लाइट डिरेक्टर टिम क्रेनले जनाएअनुसार आफ्नो यान चन्द्रमामा सफलतापूर्वक उतारिएको तथा संकेतहरू दिन थालेको छ ।
यान चन्द्रमामा उत्रेपछि कम्पनीका कर्मचारीहरू खुसी भएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया