विश्व

गंगा नुहाउन गएका तिर्थयात्री बाेकेकाे ट्याक्टर तालमा खस्दा २२ जनाको मृत्यु

इकागज |
फागुन १२, २०८० शनिबार १४:५० बजे

काठमाडौँ- उत्तर प्रदेशको कासगञ्जमा ठूलो सडक दुर्घटना हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ । गंगामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा हालसम्म बालबालिका र महिलाहरू धेरै रहेका छन् भने सुरक्षा अधिकारीका अनुसार सो दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढ्न सक्छ । 


जानकारीका अनुसार अगाडिबाट आउँदै गरेको अपरिचित गाडीलाई बचाउन खोज्दा भक्तजनले भरिएको ट्रयाक्टर अनियन्त्रित भई पोखरीमा खसेको थियो । जसका कारण यस दुर्घटनामा परी ठूलो संख्यामा मानिसले ज्यान गुमाएका हुन् ।

यस दुर्घटनामा ठूलो संख्यामा मानिसको ज्यान गएको छ भने कैयौं व्यक्ति गम्भीर घाइते भएका छन् । ४ बालबालिकालाई गम्भीर अवस्थामा अस्पताल पठाइएको छ । दुर्घटनामा परी ट्याक्टरमा सवार सबै जैथरा थानाको छोटा कासा गाउँका बासिन्दा हुन् । माघ पूर्णिमाको अवसरमा यी मानिसहरू कासगञ्जको पटियालीस्थित कादरगञ्ज गंगाघाटमा गंगा स्नान गर्न गइरहेका थिए। 

यो दर्दनाक दुर्घटना दरियावगञ्ज पटियाली सडकको गढई गाउँ नजिक भएको हो । उद्धार र उपचार दुवै जारी रहेको स्थानीय प्रहरीले जनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । एजेन्सी


Author

थप समाचार
x