विश्व

गाजा युद्धविराम तथा बन्धक मुक्तिको लागि आयोजित कायरो बैठकमा सहभागी नहुने इजरायलको निर्णय

इकागज |
फागुन २१, २०८० सोमबार १७:५ बजे

फाइल फोटो

काठमाडौँ - इजरायलले युद्धविराम र गाजाबाट बन्धकहरूको रिहाइसम्बन्धी छलफलका लागि कायरोमा प्रतिनिधिमण्डल नपठाउने निर्णय गरेको एक इजरायली अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । 

बन्धकको सूची प्रदान गर्ने, जीवित तथा मृतक बन्धकको सङ्ख्याको जानकारी दिने र बन्धकको बदलामा इजरायली जेलबाट रिहा हुने प्यालेस्टिनी कैदीहरूको अनुपात निर्धारण गर्ने लगायतका मागहरू सम्बोधन गर्ने बिषयमा युद्धरत पक्षबीच समान धारणा बन्न नसकेपछि इजरायलको यो निर्णय आएको हो ।


कूटनीतिक वार्ताको संवेदनशीलताका कारण अज्ञात रहन रोज्ने इजरायली अधिकारीले प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले मोसादका निर्देशक डेभिड बार्नियासँग समन्वय गरेर हमासले यी शर्तहरू सम्बोधन नगरेको जानकारी प्राप्त गरेपछि यो निर्णय आएको हो । 

यो कदमले गत बिहीबार नेतन्याहूको एक भाषणमा उल्लेखित शर्तहरू पछ्याउँछ । सम्बोधनमा उनले कुनै पनि सम्झौताको साथ अगाडि बढ्नुअघि बन्धकहरूको पहिचानको आवश्यकतामा जोड दिनुपर्ने बताएका थिए । 

बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले इजरायलले प्रस्तावित छ हप्ताको युद्धविरामलाई  स्वीकार गरेको संकेत गरेपनि हमासको प्रतिक्रियाको अभावले कायरो वार्तामा इजरायलको सहभागिता रद्द भएको हो ।

वार्ताले शत्रुता अन्त्य गर्ने आशा व्यक्त गर्दै हमासको प्रतिनिधिमण्डल आइतबार कायरो आइपुगेको थियो ।

हमास स्रोतका अनुसार वार्तामा बाँकी अड्किएका विषयमा स्थायी युद्धविराम स्थापना, गाजा पट्टीबाट इजरायली सेनाको फिर्ता र दक्षिणबाट विस्थापित व्यक्तिहरूको फिर्तीलाई सहज बनाउनु समावेश छ ।
 


Author

थप समाचार
x