युट्यूबलाई टक्कर दिन मस्कले नयाँ भिडियो एप ल्याउने
काठमाडौँ- सामाजिक सञ्जाल 'एक्स' प्रमुख कार्यकारी एलन मस्कले अमेजन र सामसङका लागि लामो भिडियो हेर्न मिल्ने नयाँ एप ल्याउने घोषणा गरेका छन् ।
मस्कले आगामी हप्ता नै अमेजन र सामसङका लागि भिडियो एप ल्याउने घोषणा गरेका हिन्दुस्तान टाइम्सले जनाएको छ ।
गत अक्टोबरमै एक्सले केही प्रयोगकर्ताका लागि भिडियो र अडियो कलको सुविधा ल्याएको थियो ।
मस्कले स्मार्ट टिभीबाट लामो भिडियो सिधै हेर्न मिल्ने एप ल्याउन लागिएको जनाएका हुन् ।
एक्सको भिडियो एप गुगलको युट्यूबजस्तै हुने तथा मस्कले युट्यूबसँग प्रतिस्पर्धा गर्न लागेको बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया