विश्व

स्वैच्छिक अभियान अन्तर्गत मङ्गोलियामा ११ करोड रुख रोपिए

इकागज |
फागुन २९, २०८० मंगलबार २१:३१ बजे

फाइल तस्बिर

काठमाडौँ- विगत एक दशकमा उत्तरी चीनको ’भित्री मङ्गोलिया स्वायत्त क्षेत्र’ मा स्थानीयद्वारा सञ्चालित स्वेच्छिक वृक्षरोपण अभियान अन्तर्गत करिब ११ करोड रुख रोपिएका छन् । योसँगै हालसम्म स्थानीय र बाह्य अभियान अन्तर्गत यहाँ ५० करोडभन्दा बढी रुख रोपिएको स्थानीय अधिकारीले बताएका छन् ।

यो क्षेत्र चीनको सबैभन्दा ठूलोका साथै सबैभन्दा व्यापक पारिस्थितिक कार्यात्मक क्षेत्र हो । देशको चार प्रमुख मरुभूमि, चार प्रमुख बालुवायुक्त क्षेत्र मानिने भित्री मङ्गोलिया लामो समयदेखि मरुभूमि र बलौटे जमिनले छोपेको थियो तर पछिल्ला वर्षमा यस क्षेत्रमा हरियाली प्रवर्द्धन गरिँदै छ । एजेन्सी



Author

थप समाचार
x