'चीनले अन्य देशभन्दा छिटो कामदारलाई रोबोटद्वारा विस्थापित गरिरहेको छ'
काठमाडौँ- चीनले अन्य देशभन्दा छिटो कामदारलाई रोबोटद्वारा विस्थापित गर्दै गरेको अमेरिकी थिंक ट्यांकले दाबी गरेको छ ।
अमेरिकी स्वतन्त्र थिंक ट्यांक संस्था वासिङ्टन इन्फरमेसन टेक्नोलोजी एन्ड इनोभेसन फाउन्डेसनको एक प्रतिवेदनअनुसार चीनसँग सोचेभन्दा साढे १२ गुणा बढी रोबोट काम गर्ने स्थानमा रहेको छ ।
उक्त प्रतिवेदनले दाबी गरेअनुसार चीनले अन्य देशभन्दा छिटो कामदारलाई रोबोटले विस्थापित गरिरहेको छ ।
चीन अझै रोबोटिक आविष्कारमा सबैभन्दा अगाडि नरहेको देखिए पनि चिनियाँ रोबोटिक्स कम्पनीहरू केही समयभित्रै सबैभन्दा अगाडि रहने दाबी समेत गरिएको छ ।
प्रतिवेदनको दाबीअनुसार अमेरिकाले भने आफूसँग भएको मध्ये केवल ७० प्रतिशत रोबोटको मात्र प्रयोग गरिरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया