विश्व

सद्गुरु जग्गी वासुदेवको दिल्लीको एपोलो अस्पतालमा आकस्मिक मस्तिष्कको शल्यक्रिया

इकागज |
चैत ८, २०८० बिहीबार ११:४६ बजे

फाइल तस्बिर

काठमाडौँ - ईशा फाउन्डेसनका सद्गुरु जग्गी वासुदेवको दिल्लीको एपोलो अस्पतालमा आकस्मिक मस्तिष्कको शल्यक्रिया गरिएको छ । उनकाे बुधबार शल्यक्रिया गरिएकाे हाे ।

ईशा फाउन्डेसनका सद्गुरुले आफ्नो मस्तिष्कको शल्यक्रिया गर्नुअघि ‘जीवन जोखिमपूर्ण अवस्था’को सामना गरिरहेका थिए।


सद्गुरु विगत चार सातादेखि टाउको दुख्ने समस्याबाट ग्रसित थिए । डाक्टरहरूले उनको मस्तिष्कमा ठूलो मात्रामा रगत बगेको र सुन्निएको पत्ता लगाएपछि उनको शल्यक्रिया गरिएको हो । सद्गुरुको मस्तिष्कमा ठूलो मात्रामा सूजन र रक्तस्राव भएपछि अपोलो दिल्लीमा मार्च १७ मा लगिएको थियो ।  

यसबारे जानकारी दिँदै दिल्लीको एपोलो अस्पतालका वरिष्ठ कन्सल्टेन्ट न्यूरोलोजिस्ट डाक्टर विनीत सुरीले सद्गुरुको जीवन गम्भीर खतरामा रहेको बताए ।

उनले भने, 'सीटी स्क्यानले उनको मस्तिष्कमा गहिरो सुन्निएको र रगत बगेको देखियो। सद्गुरुलाई विगत चार सातादेखि टाउको दुख्ने समस्या थियो र टाउको दुखाइ निकै गहिरो थियो । उनले टाउको दुखाइलाई बेवास्ता गरिरहेका थिए । किनभने उनी आफ्नो दैनिक गतिविधिहरू गर्न चाहन्थे ।'


Author

थप समाचार
x