विश्व

आईफोनका लागि एप्पल र ओपनएआईबीच सम्झौता

इकागज |
बैशाख ३०, २०८१ आइतबार १२:२२ बजे

काठमाडौँ- एप्पलले आईफोनमा प्रयोग गर्नका लागि आर्टिफिसियल इन्टेलिजेन्स ओपनएआईसँग सम्झौता गरेको छ ।

आईफोनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सेवा उपलब्ध गराउने उदेश्यले एप्पलले ओपनएआईसँग सम्झौता गरेको हिन्दुस्तान टाइम्सले जनाएको हो ।


तर उक्त सुविधा कहिलेबाट उपलब्ध हुने भन्ने जानकारी नगराइएको ब्लुमबर्गले उल्लेख गरेको छ ।

एप्पलको आईओएस १८ मा भने च्याटजिपिटीको सुविधा हुने सम्झौता भएको छ । एप्पलको आईओएस १८ यसै वर्षको सेप्टेम्बरमा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।


Author

थप समाचार
x