भारतको उत्तर प्रदेश सरकारले कृषि स्टार्टअपलाई प्रवर्द्धन गर्ने, खेतीमा एआई लागू गर्ने
काठमाडौँ- भारतको उत्तर प्रदेश सरकारले ग्रामीण अर्थतन्त्र र 'स्मार्ट खेती' लाई प्रवर्द्धन कृषि स्टार्टअपहरूलाई बलियो बनाउन र कृषिमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लागू गर्न कृषि उद्योगसँग साझेदारी गरेको छ ।
योगी आदित्यनाथ सरकारले नोभेम्बर २०२४ मा भारतीय उद्योग परिसंघ (सिआईआई) सँगको सहकार्यमा विश्वव्यापी किसान सम्मेलन ‘कृषि भारत’ आयोजना गर्ने योजना बनाएको बिजनेस स्ट्यान्डर्डले जनाएको हो ।
लखनउमा हुने चार दिने सम्मेलनमा अमेरिका, जर्मनी, ब्राजिल, इटाली, पोल्यान्ड, फ्रान्स, स्पेन, इन्डोनेसिया, केन्यालगायत देशका किसान तथा कृषि विज्ञको प्रतिनिधिमण्डल सहभागी हुने बताइएको छ ।
उत्तर प्रदेश भारतमा प्रमुख कृषि उत्पादकहरू मध्ये एक भएपनि कृषि आम्दानी कम हुने गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया