विश्व

ओपनएआईका सह-संस्थापक इल्या सुत्स्केभरले छाडे कम्पनी

इकागज |
जेठ २, २०८१ बुधबार १३:५ बजे

काठमाडौँ- ओपनएआईका सह-संस्थापक र प्रमुख वैज्ञानिक इल्या सुत्स्केभरले कम्पनी छाड्ने निर्णय गरेका छन् ।

इल्याले सामाजिक सञ्जाल 'एक्स' मार्फत साम अल्टम्यानको नेतृत्वमा रहेको कम्पनी छाड्ने निर्णय गरेको जनाएका हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।


इल्याले एक दशकको सहकार्यपछि ओपनएआई छाड्ने निर्णय गरेको जनाए । उनले ओपनएआईका सहकर्मीसँग काम गर्नु आफ्ना लागि विशेष रहेको बताए ।

यता साम अल्टम्यानले पनि सामाजिक सञ्जालमार्फत नै इल्यालाई बिदाइ गरेका छन् ।


Author

थप समाचार
x