विश्व

अमेरिकी राष्ट्रपति बाइडन र पूर्वराष्ट्रपति ट्रम्प बहस गर्न सहमत

इकागज |
जेठ ३, २०८१ बिहीबार १०:१ बजे

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडन र डोनाल्ड ट्रम्प राष्ट्रपति चुनाव लक्षित बहस गर्न सहमत भएका छन् । बाइडेन र ट्रम्पबीच जुन र सेप्टेम्बरमा दुईवटा बहस हुनेछन् ।

पहिलो बहस सिएनएनले पहिलो जर्जियामा जुन २७ मा आयोजना गर्ने छ भने दोस्रो बहस एबिसीले सेप्टेम्बर १० मा आयोजना गर्ने छ ।


बुधबार अमेरिकी राष्ट्रपति जो बाइडनले ट्रम्पलाई दुई वटा बहसको प्रस्ताव राखेका थिए । ट्रम्पले तुरुन्तै बहसको प्रस्तावलाई स्वीकार गरे । यद्यपि ट्रम्पले दुईको सट्टा तीन वटा बहसको प्रस्ताव राखेका थिए । ट्रम्पले अक्टोबर २ मा फक्स न्यूजमा तेस्रो बहस हुनुपर्ने बताएका थिए ।


Author

थप समाचार
x