विश्व

इरानी राष्ट्रपति चढेको हेलिकप्टर दुर्घटनाग्रस्त, सबैको मृत्यु भएको आशंका

इकागज |
जेठ ७, २०८१ सोमबार १०:१२ बजे

काठमाडौँ - इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटना भएको स्थान फेला परेको छ । द

 इरानको सरकारी सञ्चारमाध्यमले दुर्घटनामा परेको हेलिकप्टरमा रहेकाहरु जीवितै रहेको कुनै संकेत नदेखिएको बताएका छन् । 


समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीले दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको बताएका छन् ।

हेलिकप्टरमा इरानका राष्ट्रपति रायसीसहित विदेशमन्त्री अब्दुल्लाहियान, पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र इरानको पूर्वी अजरबैजानका नेता आयोतुल्लाह अल हाशेम रहेका थिए ।
 


Author

थप समाचार
x