विश्व

एलन मस्कले इन्डोनेसियामा सुरु गरे स्टारलिंक स्याटेलाइट इन्टरनेट

इकागज |
जेठ ७, २०८१ सोमबार १२:२८ बजे

काठमाडौँ- एलन मस्कले आइतबार इन्डोनेसियामा स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवाको उद्घाटन गरेका छन् ।

मस्कले बालीको प्रान्तीय राजधानी डेनपसारमा रहेको सामुदायिक स्वास्थ्य क्लिनिकमा इन्डोनेसियाका मन्त्रीहरूसँग मिलेर स्टारलिङ्क सेवाको सुरुवात गरेका हिन्दुस्तान टाइम्सले जनाएको हो ।


इन्डोनेसियाले मस्कको टेस्लासँग ब्याट्रीमा लगानी र मस्कको स्पेसएक्ससँग देशको दुर्गम क्षेत्रहरूमा द्रुत इन्टरनेट उपलब्ध गराउने सम्झौताहरू सुरक्षित गर्न वर्षौंदेखि प्रयास गरिरहेको छ ।

मस्कले इन्डोनेसियाको दुर्गम क्षेत्रहरूमा धेरै स्वास्थ्यकर्मीहरूसँग स्टारलिंक इन्टरनेट सेवाको गति परीक्षण गरेका थिए ।


Author

थप समाचार
x