विश्व

गुगलले फ्लिपकार्टमा गर्‍यो ३५० मिलियन लगानी

इकागज |
जेठ १२, २०८१ शनिबार १२:२४ बजे

काठमाडौँ- सुन्दर पिचाईको नेतृत्वमा रहेको टेक कम्पनी गुगलले भारतीय बजारमा अमेजनसँग प्रतिस्पर्धा गर्ने ई-कमर्स प्रमुख फ्लिपकार्टमा लगानी गरेको छ।

कम्पनीले लगानीको आकार वा मूल्याङ्कन खुलासा नगरेपनि गुगलले ३५ देखि ३६ अर्ब डलरको मूल्याङ्कनमा ३५० मिलियन अमेरिकी डलर लगानी गरेको मिडिया रिपोर्टले जनाएको हो ।


अहिले फ्लिपकार्टमा ८५ प्रतिशत लगानी माउ कम्पनी वालमार्टको रहेको छ भने बाँकी अन्य साना लगानीकर्ताको रहेको इन्डियन स्टार्टअप न्यूजले जनाएको छ ।

यता फ्लिपकार्टले पनि गुगललाई एक लगानीकर्ताको रुपमा भित्र्याउन लागेको जानकारी गराएको छ ।


Author

थप समाचार
x