Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

विश्व

एआईको सुरक्षा चिन्तासँगै अल्टम्यानमाथि दवाव बढ्दै

इकागज |
जेठ १३, २०८१ आइतबार १३:१ बजे

काठमाडौँ- पछिल्ला विभिन्न ओपनएआई विवादमा फस्दै गएपछि यसका प्रमुख कार्यकारी अधिकृत (सिईओ) स्याम अल्टम्यानमाथि प्रश्नहरु उठ्दै गएको छ ।

कर्मचारीहरूद्वारा हस्ताक्षर गरिएका सार्वजनिक गर्न नमिल्ने सम्झौतासँगै एक प्रसिद्ध हलिउड अभिनेत्रीसँगको पछिल्लो विवादका कारण अल्टम्यानमाथि एआईको सुरक्षालाई लिएर प्रश्नहरू उठ्दै गएको हिन्दुस्तान टाइम्सले जनाएको हो ।


माइक्रोसफ्ट-समर्थित ओपनएआई विवादहरूको नयाँ लहरमा घेरिएपछि सिईओ अल्टम्यानले एआई सुरक्षाप्रति कम्पनीको प्रतिबद्धताका सम्बन्धमा पूर्व-कार्यकारीहरूले उठाएका प्रश्नहरूको सामना गरिरहेका छन् ।

ओपनएआई वरिष्ठ कार्यकारीहरू जान लेइक र इल्या सुत्स्केभरले आफ्नो पदबाट राजीनामा दिएसँगै कम्पनीकी पूर्व नीति अनुसन्धानकर्ता ग्रेचेन क्रुगरले भर्खरै कम्पनीसँग अलग हुने निर्णय गरेको घोषणा गरेकी छन् । क्रुगरले सामाजिक सञ्जालमार्फत कम्पनीमा आउँदा 'ओभरल्यापिङ' चिन्ताहरू रहेको बताएकी थिइन् ।

पूर्व कर्मचारीहरूद्वारा सार्वजनिक आलोचना ओपनएआईको विरुद्धमा हुनुका साथै अधिकांशले विकासशील कृत्रिम बुद्धिमत्ता प्रविधि (एआई) ले मानवताको लागि गम्भीर परिणामहरू निम्त्याउन सक्ने सुझाव दिएका छन् । यो चिन्ता पहिले अल्टम्यानले पनि व्यक्त गरेका थिए ।

एआईका प्रमुख अनुसन्धानकर्ता र प्रविधिका अग्रणी स्टुअर्ट रसेलले बताएअनुसार कृत्रिम बुद्धिमत्ताको द्रुत विकासले एआई डीपफेकको द्रुत रूपमा बढ्दो लहर र एआई-नेतृत्वमा भएको अर्थतन्त्र क्र्यास सहित महत्त्वपूर्ण संकटहरू निम्त्याउन सक्छ ।


Author

थप समाचार
x