विश्व

दक्षिण कोरियाले अमेरिकामा संयुक्त एआई अनुसन्धान प्रयोगशाला खोल्ने

इकागज |
जेठ १५, २०८१ मंगलबार १४:४९ बजे

काठमाडौँ- दक्षिण कोरियाको विज्ञान मन्त्रालयले मंगलबार अमेरिकाको न्यूयोर्क युनिभर्सिटी (एनवाईयू) सँग मिलेर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अनुसन्धान प्रयोगशाला बनाउने बताएको छ ।

एनवाईयूमा स्थापना हुने ग्लोबल एआई फ्रन्टियर ल्याबको नेतृत्व दुई प्रतिष्ठित कम्प्युटर वैज्ञानिकहरू - चो क्युङ-ह्युन र यान लेकुनले गर्ने आईएएनएसले जनाएको हो ।


मन्त्रालयले जनाएअनुसार दुवैजना एनवाईयूमा प्राध्यापक हुन् ।

चो हाल दक्षिण कोरियाको एआई स्टार्टअप अपस्टेजको बोर्ड सदस्य हुन र लेकुन मेटा प्लेटफर्ममा प्रमुख एआई वैज्ञानिक हुन् ।

अनुसन्धान संगठनले सोल र वासिङ्टनका विशेषज्ञहरूलाई विश्वव्यापी स्तरको एआई अनुसन्धान परियोजनाहरू सञ्चालन गर्न र दुई देशहरू बीचको सहयोगलाई सहज बनाउन आमन्त्रित गर्ने जनाइएको छ ।


Author

थप समाचार
x