विश्व

जेनएआई-आधारित स्मार्टफोनको विश्वव्यापी बिक्रीको हिस्सा ६ प्रतिशत

इकागज |
जेठ १८, २०८१ शुक्रबार ११:५६ बजे

काठमाडौँ- जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (जेनएआई) मा आधारित स्मार्टफोनले सन् २०२४ को पहिलो त्रैमासमा विश्वव्यापी स्मार्टफोन बिक्रीमा ६ प्रतिशत हिस्सा ओगटेको छ ।

अघिल्लो त्रैमासमा जेनएआईमा आधारित स्मार्टफोनको बिक्रीको हिस्सा मात्र १.३ प्रतिशत रहेको प्रतिवेदनले देखाएको आईएएनएसले जनाएको छ ।


काउन्टरपोइन्ट रिसर्चका अनुसार पहिलो त्रैमासमा जेनएआई-आधारित स्मार्टफोन बिक्रीको ७० प्रतिशत भन्दा बढी योगदान प्रिमियम स्मार्टफोनहरू (थोक मूल्य ६ सय अमेरिकी डलरभन्दा बढि) ले गरेको छ ।

सामसङको ग्यालेक्सी एस२४ सिरिजले पहिलो त्रैमासमा जेनएआई-आधारित स्मार्टफोन बजारमा प्रभुत्व जमाएको थियो ।


Author

थप समाचार
x