विश्व

भारतको शीर्ष पाँच आईटी कम्पनीले गुमाए २५ हजार महिला कर्मचारी

इकागज |
जेठ १९, २०८१ शनिबार १२:३१ बजे

काठमाडौँ- भारतको शीर्ष पाँच सूचना प्रविधि (आईटी) क्षेत्रका आर्थिक वर्ष २०२३-२४ मा २५ हजार महिला कर्मचारीले राजीनामा दिएका छन् ।

इकोनोमिक टाइम्सले जनाएअनुसार इन्फोसिस, टीसीएस, विप्रो, एलटीआई माइन्डट्री र एचसीएल टेक सहित भारतका शीर्ष पाँच आईटी कम्पनीहरूले आर्थिक वर्ष २०२३-२४ मा सामूहिक रूपमा २५ हजार महिला कर्मचारी गुमाएका हुन् ।


यस अवधिमा यी ठूला आईटी कम्पनीहरूमा कार्यरत महिलाहरूको कुल संख्या ५ लाख ४० हजारबाट घटेर ५ लाख १५ हजार पुगेको छ ।

यो गिरावट सन् २०२० देखि २०२३ सम्म करिब १ लाख ६६ हजार महिला कर्मचारी वा ४४ प्रतिशतको वृद्धिपछि आएको हो । कोभिड अघि ती कम्पनीहरुमा महिला कर्मचारीहरूको संख्या ३ लाख ७४ हजार थियो ।


Author

थप समाचार
x