विश्व

सामसङको चिप प्रणाली बिडमा मूल्य निर्धारण गरेको आरोपमा १२ फर्मलाई जरिवाना

इकागज |
जेठ २०, २०८१ आइतबार ११:१६ बजे

काठमाडौँ- दक्षिण कोरियाको एन्टिट्रस्ट नियामकले सामसङ एसडीएसको सेमीकन्डक्टर अनुगमन र नियन्त्रण प्रणालीमा बिडिङ मूल्यहरू निर्धारण गर्न मिलेमतो गरेको भन्दै १२ कम्पनीमाथि जरिवाना लगाउने निर्णय गरेको छ ।

दक्षिण कोरियाको एन्टिट्रस्ट नियामकले १२ स्वदेशी कम्पनीहरूलाई संयुक्तरुपमा ७.५५ मिलियन अमेरिकी डलर जरिवाना लगाउने निर्णय गरेको आईएएनएसले जनाएको हो ।


फेयर ट्रेड कमिसनले जनाएअनुसार पीएस इएनजी, डायन सीएन्डआई, डूटा आईटीसँगै अन्य नौ कम्पनीहरूले सन् २०१५ देखि २०२३ सम्म सामसङद्वारा जारी गरिएका कुल ३ सय ३४  बोलपत्रहरूमा कोटेशनको बारेमा पूर्व छलफल मार्फत विजेता बोलपत्रकर्ता निर्धारण गर्न मिलेर काम गरेका थिए ।

सामसङले २०१५ मा लागत घटाउने लक्ष्यका साथ बिडिङ प्रणाली अपनाएपछि कम लागतको बिडिङ रोक्न र नयाँ आउनेहरूलाई ठेक्का जित्नबाट रोक्न उनीहरूले यस्तो गरेका दावी गरिएको छ ।


Author

थप समाचार
x