विश्व

टाटा स्टिलले बेलायतमा २५ सय कर्मचारी कटौती गर्दै

इकागज |
जेठ २१, २०८१ सोमबार ११:१२ बजे

काठमाडौँ- भारतीय कम्पनी टाटा स्टिलले बेलायतमा रहेको आफ्नो पलान्टबाट २ हजार ५ सय कर्माचारी कटौती गर्ने भएको छ ।

'डिकार्बोनाइजेशन' प्रयासहरूको एक भागको रूपमा टाटा स्टिलले ब्लास्ट फर्नेस (बीएफ) प्रकृयाबाट इलेक्ट्रिक आर्क फर्नेस (इएएफ) प्रक्रियामा रुपान्तरण हुने क्रममा कर्मचारी कटौती गर्न लागेको इन्डियन स्टार्टअप न्यूजले जनाएको हो ।


धेरै कर्मचारीहरुले आफ्नो जागिर गुमाउने डर बढेपछि बेलायतका धेरै मजदुर युनियनहरूले टाटा स्टिलको निर्णयको विरोध गरेका छन् ।

साउथ वेल्सको पोर्ट ट्यालबोटमा वार्षिक तीन मिलियन टन क्षमतासहित बेलायतको सबैभन्दा ठूलो स्टिलवर्कको स्वामित्व राख्ने टाटा स्टिलमा बेलायतभरी लगभग ८ हजार कर्मचारी छन् ।


Author

थप समाचार
x