विश्व

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पले खोले 'टिकटक अकाउन्ट'

इकागज |
जेठ २१, २०८१ सोमबार ११:५० बजे

काठमाडौँ- अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ भिडियो एप टिकटकमा आफ्नो अकाउन्ट (खाता) खोलेका छन् ।

कुनै समयमा टिकटकमाथि प्रतिबन्ध लगाउने प्रयास गरेका पूर्व राष्ट्रपति तथा फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेका ट्रम्पले टिकटक अकाउन्ट खोलेका यूएफसीका सिईओ डाना ह्वाइटले जनाएका छन् ।


ट्रम्पको टिकटकमा केवल एउटामात्र पोस्ट भएपनि उक्त भिडियोलाई ३१ मिलियन पटक हेरिएको छ ।

उनको टिकटक अकाउन्टमा १.७ मिलियन फलोअर्स समेत रहेका छन् ।  


Author

थप समाचार
x