विश्व

भारतको सिलिकन भ्याली बैँग्लुरुमा १३३ वर्षपछिकै ठूलो वर्षा

इकागज |
जेठ २२, २०८१ मंगलबार १२:२८ बजे

काठमाडौँ- भारतको सिलिकन भ्याली, बैंगलुरुमा गत आइतवार (जुन २) मा ऐतिहासिक वर्षा भएको भयो ।

उक्त वर्षाले जुन महिनाको एकै दिनमा सबैभन्दा बढी पानी परेको १३३ वर्ष पुरानो कीर्तिमान तोडेको इन्डियन स्टार्टअप न्यूजले जनाएको हो ।


लगातारको वर्षाका कारण सहरका धेरैजसो क्षेत्र जलमग्न भएकाले यातायात र दैनिक जनजीवन प्रभावित भएको मौसमविद्ले बताएका छन् ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार जुन २ मा बैँग्लुरुमा १११.१ मिलिमिटर वर्षा भएको थियो, जुन १३३ वर्षमा सबैभन्दा बढी हो ।

यसअघि जुन १६, १८९१ मा अघिल्लो रेकर्ड १०१.६ मिमी वर्षा भएको थियो ।

कर्नाटकमा दक्षिणपश्चिम मनसुनको शुरुवातको संकेत गर्दै जारी मेघगर्जनसहित कीर्तिमानी वर्षा भएको थियो।


Author

थप समाचार
x